22.9 C
Lisbon
Thursday, May 22, 2025
Homeसमाचारअन्तर्राष्ट्रिय समाचारपोर्चुगलको नेपाली राजदूतावासले गर्यो सेवा शुरु

पोर्चुगलको नेपाली राजदूतावासले गर्यो सेवा शुरु

पोर्चुगलको नेपाली राजदूतावासले ओपचारिक रुपमा सेवा सुरु गरेको छ । दुतावासले आज एक विज्ञप्ती जारी गरी यही अप्रील १६ तारिखदेखी सेवा शुरू हुने जनाएको छ । आवश्यक तयारीका कामहरु पूरा गरेको र बाँकी केही कामहरु समेत पूरा गरी आगामी बुधबार, १६ अप्रिल २०२५ बाट Restelo स्थित Rua Pero de Alenquer 29, 1400-069, Lisboa, Portugal मा रहेको राजदूतावासको भाडाको आफ्नै भवनबाट कार्य प्रारम्भ गर्न लागिएको हो । नेपाल सरकारले लिस्बनमा नेपाली राजदूतावासको स्थापना गर्ने निर्णय पछि नै केही कूटनीतिक कर्मचारीहरु भने पहिले नै लिस्बन आएका थिए । राजदुत प्रकाशमणी पौडेलले गत मार्च ३१ तारिख आफ्नो ओहदाको प्रमाणपत्र पोर्चुगलका राष्ट्रपति समक्ष बुझाए पछि अन्य प्रकृया पुरा गरी औपचारिक रुपमा काम अगाडी बढेको हो । हालसम्म अस्थायी रुपमा नेपाली राजदूतावास, पेरिसस्थित सहायक कार्यालयले घुम्ती कन्सुलर शिविर संचालन गरी सेवा उपलब्ध गराउँदै आएको छ। कतिपय नेपाली सेवाग्राही भने आफै फ्रान्स पुगेर समेत सेवा लिनुपर्ने बाध्यतामा थिए ।

दुतावासले तत्काल कागजात प्रमाणिकरण गर्नु पर्ने सेवाग्राहीहरुलाई भने अप्रिल ११ सम्म मात्र नेपाली राजदूतावास, पेरिसको बैंक खातामा राजश्व रकम जम्मा गरी सेवा लिन अनुरोध गरेको छ । त्यसपछि भने उक्त सेवा पेरिसबाट स्थायी रुपमा बन्द हुने जनाईएको छ । तत्काल जरुरी नभएका अन्य सेवाग्राहीहरु आफ्नो लागि अनुकूल समयमा राजदूतावास आउन सबैलाई सुचना जारी गरेको छ । पोर्चुगलमा दुतावास स्थापना पश्चात पनि कागजात प्रमाणीकरण गर्ने, राजश्व बुझाउनेलगायतका काममा झन्झट बेहोर्दै आएकोमा अब देखी सहज हुने पोर्चुगलमा रहेका नेपालीहरुले विश्वास ब्यक्त गरेको छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments