पोर्चुगलमा लगभग ३०% कामदारहरूको काम जोखीममा परेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) सँगसँगै प्रविधीमा आएको रुपान्तरणका कारण उनीहरुको काम जोखीममा परेको हो । फ्रान्सिस्को म्यानुअल डोस सान्तोस फाउन्डेसन(FFMS)ले गरेको एक अध्ययन अनुसार वेटर तथा वेट्रेस, कपडा निर्माणका लागी मेसिन अपरेटरहरु, विक्री वितरणमा काम गर्नेहरुको जागिर बढी जोखीममा रहेको जनाएको हो ।
डिजिटलाइजेसनले पहिले नै रोजगार बजारलाई असर र रूपान्तरण गरिरहेको समयमा फाउन्डेसनले कुन कुन जागिरहरूमा प्रविधिको सकारात्मक र नकारात्मक प्रभाव पर्ने छ भन्ने बारे अध्ययन गरेको थियो । उसले समयमै कृतिम बुद्दिमता( AI)को लाभहरूको फाइदा लिन र प्राविधिक परिवर्तनको नकारात्मक प्रभावहरूलाई कम गर्न ठोस रणनीति तय गर्न पनि सुझाव दिएको छ ।
पहिले मानिसले निर्माण गरेका प्राविधिक उपकरणहरुले गर्ने कामलाई अहिले एआईले प्रतिस्थापन गरिरहेको छ ।यो नकरात्मक पक्ष भए पनि अब यसलाई रुपान्तरण गर्दै अझ उत्पादनमुलक बनाउन जोड दिनुपर्ने बताईएको छ ।
नयाँ अध्ययनले पोर्चुगलमा दर्ता भएका कुल रोजगारीलाई चार मुख्य क्षेत्रहरूमा विभाजन गरेको छ जसमा : पहिलो बढ्दो पेशाहरू जसमा रूपान्तरणकारी प्रभावहरूको उच्च जोखिम र विनाशकारी प्रभावहरूको कम जोखिम छ, दोश्रो गिरावटमा रहेका पेशाहरू जसमा रूपान्तरणकारी प्रभावहरूको कम जोखिम र विनाशकारी प्रभावहरूको उच्च जोखिम छ, तेश्रो मानव क्षेत्र जसमा दुबैको कम जोखिम छ र चौथो मेशिनहरूको क्षेत्र जसमा दुबैको उच्च जोखिम छ । FFMS ले चेतावनी दिंदै भनेको छ – पोर्चुगलमा २८.८% कर्मचारीहरू जागिर गुमाउने खतरामा छन्।
पोर्चुगलमा सबैभन्दा सामान्य काम मध्ये एक हो: बिक्रीमा संलग्न कामदारहरू जसमा रोजगारीको ५.३% संख्या सामेल छ । यो समूह सबैभन्दा ठूलो जोखिममा छ ।
यी बाहेक, कपडा, फर र छालाका उत्पादनहरू निर्माण गर्ने मेसिनका सञ्चालक, पाना धातुका कामदारहरू, कुशल खाद्य प्रशोधन कामदारहरू, कुकहरू, रक्यासियरहरू र टिकट बिक्री सञ्चालकहरू पनि खतरामा छन् । FFMS अध्ययनले भनेको छ कि भत्किँदै गरेका पेशाहरूमा काम गर्ने कामदारहरूले औसतमा अन्य कर्मचारीहरूको तुलनामा कम आय पाउँछन् र उनीहरुको योग्यता पनि कम हुन्छ । जस्तै यस्ता काममा संलग्नमध्ये केवल ५.४% ले मात्रै उच्च शिक्षा पूरा गरेका छन् । त्यसकारण बेरोजगारी वा अनिश्चित रोजगारीको अवस्थामा तिनीहरू बढी जोखिममा छन्।