19.9 C
Lisbon
Saturday, July 12, 2025
Homeसमाचारअन्तर्राष्ट्रिय समाचारभारतमा २४२ यात्रु सवार विमान दुर्घटना, घाईते र मृतकको संख्या अझै अपुष्ट

भारतमा २४२ यात्रु सवार विमान दुर्घटना, घाईते र मृतकको संख्या अझै अपुष्ट

भारतको अहमदावादमा विमान दुर्घटना भएको छ । एयर इण्डियाको उडान AI 171 अहमदाबादबाट लन्डन ग्याटविकका लागि प्रस्थान गरेको थियो। यो उडानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु र १२ चालक दल सदस्य थिए। टेकअफ गरेको केही मिनेटमै, विमानले ‘Mayday’ कल पठाएको थियो र त्यसपछि सम्पर्क विच्छेद भयो। विमान अहमदाबादको मेघानी नगर नामक घना बस्तीमा खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि विमानमा ठूलो आगलागी भएको थियो र आकाशमा बाक्लो कालो धुवाँ देखिएको थियो। घटनास्थलमा अग्निनियन्त्रक, एम्बुलेन्स र राष्ट्रिय विपद् प्रतिक्रिया बल (NDRF) तुरुन्त परिचालित गरियो। केही घाइतेलाई नजिकैका अस्पतालहरूमा लगिएको छ भने मृतकहरूको आधिकारिक पुष्टि हुन बाँकी छ।

दुर्घटनाग्रस्त विमान बोइङ ७८७–८ ड्रीमलाइनर (दर्ता नम्बर VT-ANB) हो, जुन सन् २०१४ मा एयर इण्डियालाई हस्तान्तरण गरिएको थियो। यो बोइङ ७८७ सिरिजको इतिहासमा पहिलो घातक दुर्घटना भएको बताइएको छ। विमानमा सवार यात्रुहरूमा १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगीज र १ जना क्यानाडेली नागरिक थिए। भारतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले घटनाको जाँच सुरु गरिसकेको छ। एयर इण्डियाले घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारका लागि आपतकालीन हेल्पलाइन सञ्चालनमा ल्याएको छ। भारतका नागरिक उड्डयन मन्त्री राम मोहन नायडु तथा टाटा समुहका अध्यक्ष एन. चन्द्रशेखरनले समवेदना प्रकट गर्दै राहत कार्य तीव्र पारिएको बताएका छन्। भारतका विभिन्न नेताहरू र अन्तर्राष्ट्रिय समुदायबाट शोक सन्देशहरू आएका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ र थप विवरण आउने क्रम जारी छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments