16.5 C
Lisbon
Thursday, May 22, 2025
Homeसमाचारनेपाली राजदूतावास लिस्बनबाट के के सेवा सुविधा लिन सकिन्छ?

नेपाली राजदूतावास लिस्बनबाट के के सेवा सुविधा लिन सकिन्छ?

नेपाली राजदुतावास लिस्वनले कार्य प्रारम्भ गरेसँगै दुतावासबाट पाईने सेवा सुविधाबारे सर्वसाघारणलाई जानकारी गराएको छ ।
राजदूतावासले Restelo स्थित Rua Pero de Alenquer 29, 1400-069, Lisbon मा रहेको आफ्नो कार्यालयबाट यही १६ अप्रिल २०२५ देखि सेवा शुरु गरेको हो ।

प्रहरी चारित्रिक प्रमाणपत्र (Police Report), पारिवारिक कागजात (Family Documents) र राहदानी (Passport) बारेमा अब दुतावासबाट सेवा सुविधा लिन सकिन्छ । राहदानी आवेदनका लागी भने पहिले नै अनिवार्य अनलाईन फर्म भरेर मात्र कार्यालयमा उपस्थित हुन सुचीत गरेको छ ।अनलाइन फारामका लागि https://emrtds.nepalpassport.gov.np मा गई फाराम भर्न सकिने छ ।

शुरुवाती अवस्थामा कागजातका समस्या बेहोर्दै आएका र अत्यावश्यक कागजात चाहिएका सेवाग्राहीहरुलाई विभिन्न मितीमा आउन उल्लेख गर्दै विज्ञप्ती जारी गरेको छ ।
नेपाली राजदूतावास, पेरिसबाट यस अघि प्राप्त प्रमाणित्र कागजातहरुको वितरण हरेक दिन सार्वजनिक विदाको दिनवाहेक दिउसो २ वजेदखि ५ वजेसम्म गरिने जनाएको छ

कुन् सेवाको कति शुल्क पर्छ?
दुतावासले विभिन्न सेवा सुविधा लिए बापत लाग्ने शुल्क पनि तोकेको छ । अहिलेको समयमा भने नगदमा मात्रै कारोबार हुने जनाएको छ ।

  • साधारण राहदानी नविकरण (३४ पृष्ठको): १२० यूरो
  • हराएको तथा ड्यामेज राहदानीका लागि (३४ पृष्ठको): १८० यूरो
  • १० बर्ष मुनिको नावालकका लागि (३४ पृष्ठको): ६० यूरो
  • १० बर्ष मुनिको नावालकको हराएको तथा Damage राहदानीका लागि (३४ पृष्ठको): ९० यूरो
  • प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणित गर्न: १०० यूरो
  • पारिवारिक प्रमाणपत्र प्रमाणित गर्न: ५० यूरो
  • शैक्षिक प्रमाणपत्र प्रमाणित गर्न: १५ यूरो

दुतावासले कन्सुलर सेवाको समय बिहान ९.३० देखी बेलुकी ४.०० बजेसम्म तोकेको छ भने एक देखी दुई बजेको समयमा एक घण्टा बन्द रहनेछ । पोर्चुगलको राजधानी लिस्वनमा दुतावास स्थापना भएसँगै सेवा सुविधा सुरु भएपछि नेपालीहरुले धेरै राहत महशुस गरेका छन्

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments