पोर्चुगलले २३,५०० आप्रवासीहरूको बसोबास अनुमति आवेदन अस्वीकृत गरेको छ । एकीकरण, आप्रवासन र शरण एजेन्सी (AIMA) का अनुसार यी आप्रवासीहरुलाई पोर्चुगलमा बसोवास अनुमती नदिईएको हो । यी मध्ये ४,५०० जनालाई २० दिन भित्र स्वेच्छिक रूपमा देश छोड्न पनि सूचित गरिएको छ। आईमाको को मिसन समाप्त हुनुभन्दा एक महिना अघिको समयमा आएको रिपोर्टमा बताईए अनुसार ४४६,९२१ विचाराधीन आवेदन मध्ये १ लाख २३,००० बसोबास अनुमति पहिले नै स्वीकृत भइसकेका छन् ।
पैसा नतिरेका कारण १ लाख ७१,००० आवेदनहरू पहिले नै रद्ध गरिएको थियो भने २ लाख ७५,००० जनाको बायोमेट्रिक डेटा सङ्कलन गरिएको थियो। यी मध्ये ४४.७% लाई बसोबास कार्ड जारी गरिएको थियो ।अर्कोतर्फ, २३,५०० जनाको आवास अनुमति आवेदन अस्वीकृत गरिएको थियो, र यी मध्ये ४,५०० जनालाई २० दिन भित्र स्वेच्छिक रूपमा देश छोड्न सूचित गरिएको हो । गत हप्ता, राष्ट्रपति कार्यालयका मन्त्रीले अस्वीकृत आवेदनहरूको संख्या र अन्तिम चरणमा स्वैच्छिक फिर्ताको संख्या १८,००० भएको घोषणा गरेका थिए । आईमाको मिसन जुन ३ मा सकिंदैछ ।